Skip to main content

Posts

Showing posts from July, 2020

एस.एल.सि....

कक्षा १० , मेरो SLC दिने उमेर , बिहानै उठ्यो हातमुख धोयेर ममिले बनाएको चिया पिउने बित्तिकै स्कुल जान ढिला हुन्थ्यो , SLC पढाई क्लासमा भन्दा पनि tution मा बढी हुन्थ्यो ,सबेरै पाँच बजेको alarm संगै उठेर स्कुल तिर कुद्थे , म जस्तै कयौं साथीहरू पास हुने आस मा मेहनत गर्ने क्रम जारिनै थ्यो ,बिहानैदेखिको भोको म नौ बज्नासाथ भोकले छ्ट्पटाउथे ,tution class छुट्टी हुन्थ्यो अनि एक घन्टा ब्रेक , स्कुल माथी खाजा खाने दिदिको घरथ्यो अनि त्या जानासाथ ,पर बाट एउटा बहिनी हातमा टिफिन झुन्डाउदै आउने गर्थिन , नजिक आइसकेपछि टिफिन मलाइ हातमा थमाउदै भन्थिन "आज ममिले मिठो तरकारी बनाउनुभये जस्तो छ दाइ ,बाटो भरी बसाइराथ्यो" ,हुन पनि ममिको हातको खाना मिठो कसरी नबनोस आज घरमा फेरि तै टिफिन फेलापारे साच्चै नै त्यो समय अनि "बाबा को पसिनाले किनेको र आमाको मायाले भरिएको मेरो बच्चा बेलाको स्कुल लाने टिफिन । "